शुक्रबार सुन महँगियो



काठमाडौं कात्तिक २८ । नेपाली बजारमा शुक्रबार सुन महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । चाँदीको भाउ भने लगातार दुई दिन यता स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार २०० रूपैयाँ पुगेको छ । र तेजावी सुनको मूल्य पनि तोलाको ५०० रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्