सुनको मूल्य ३ सयले वृद्धि



काठमाडौं मंसिर ७ । स्थानीय बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजारमा कारोबार भएकामा आज ९४ हजार ३०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएकामा आज ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्