नुवाकोटको पञ्‍चकन्यामा पठनपाठन सुरु



घलेभन्ज्याङ मंसिर ५ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकामा आइतबारदेखि विद्यालयहरुमा पठनपाठन सुरु भएको छ ।

पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को घलेगाउँमा रहेको जनकल्याण सामुदायिक पाठशालाका विद्यार्थीहरु । तस्बिर : साझा पथ

कोरोना भाइरस संक्रमणको स्थिति कम देखिएपछि गाउँ शिक्षा समितिको विद्यालयहरु खोल्न दिने निर्णय गरेसँगै आइतबारदेखि प्रत्यक्ष पठनपाठन सुरु गरिएको हो । शुक्रबार शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले सूचना प्रकाशित गर्दै पालिकाभित्रका सामुदायिक विद्लायहरुमा मंसिर ८ देखि प्रत्यक्ष पठनपाठन गर्न दिइने जानकारी गराएका थिए ।

विद्यालय सञ्‍चालन गर्दा कात्तिक २० गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत कोभिड १९ को सन्दर्भमा : विद्यालय सञ्‍चालन सम्बन्धी कार्यढाँचा, २०७७ बमोजिम जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशन पालना गर्न भनिएको छ ।

पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को घलेगाउँमा रहेको जनकल्याण सामुदायिक पाठशालाका विद्यार्थीहरु । तस्बिर : साझा पथ

कोरोना भाइरस संक्रमणका कारण नियमित पढाई अवरुद्ध भएकोले सबै विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा २००७ बमोजिम संक्रमणकालीन वार्षिक कार्यतालिका र प्रत्येक विषय शिक्षकले संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार गरी कार्यान्वयन गर्न समेत अनुरोध गरिएको छ ।

पछिल्लो समय पञ्चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कात्तिक २० गतेदेखि सबै विद्यालय बन्द गरिएको थियो । पञ्‍चकन्यामा शुक्रबार मंसिर ५ सम्ममा १६ जना संक्रमित भइसकेका छन् ।

पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को घलेगाउँमा रहेको जनकल्याण सामुदायिक पाठशालाका विद्यार्थीहरु । तस्बिर : साझा पथ

यस्तै शिक्षा शाखाले कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने र बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिएको छ । सूचनाको पुनश्‍च भागमा लेखिएको छ, ‘यदि कोभिड १९ को संक्रमणको जोखिम बढेमा सम्बन्धित विद्लाय व्यवस्थापन समितिले नै निर्णय गरेर विद्लाय बन्द गर्न र खोल्न सक्ने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’

पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को घलेगाउँमा रहेको जनकल्याण सामुदायिक पाठशालाका विद्यार्थीहरु । तस्बिर : साझा पथ

प्रतिक्रिया दिनुहोस्