सुन तोलामा १८ सयले घट्यो



काठमाडौं मंसिर ९ । सुनको मूल्य मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको छ ।

मंगलबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ५ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । लकडाउनपछि कायम भएको सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ भएको यो पहिलो पटक हो । यसअघि सुनको मूल्य बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँबाट घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार १ सय ८० रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्