सुनको भाउ घटेको घट्यै, बुधबार प्रतितोला १ हजारले ह्रास



काठमाडौं मंसिर १० । स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ ।

कोरोना भाइरस विरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रएक हजारले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २५ ले घटेको छ । चाँदी आज भने प्रतितोला १ हजार १७५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्