सुनको मूल्य ओरालो लागेको लाग्यै, सोमबार प्रतितोला ७०० ले घट्यो



काठमाडौं मंसिर १५ । स्थानीय बजारमा सोमबार पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले ओरालो लागेको छ ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा ५ हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० ले घटेको हो ।

यस्तै चाँदीसमेत आज प्रतितोला ३० ले घटेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार १२० मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्