नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं मंसिर २० । नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागितामा बैठक सुरु भएको हो । बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । आइतबार स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सबै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ ।

ओली निकट नेताहरुले दुवैले राजनीतिक प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र २६ भदौमा सम्पन्न स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने बताएका छन् ।

बुधबारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, मंसिर २० मा सचिवालय र मंसिर २१ मा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो । मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्न प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्