सुनको भाउ मंगलबार एकै दिन तोलामा १५ सय रूपैयाँले बढ्यो



काठमाडौं मंसिर २३ । सुनको भाउ मंगलबार एकै दिन तोलामा १५ सय रूपैयाँले बढेको छ ।

मंगलबारको कारोबार मूल्य ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारका तुलनामा २ सय रूपैयाँ घट्दै आइतबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा भएको थियो । सोमबार तोलामा एक सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय भएको सुन मंगलबार अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीसँगै वृद्धि भएको हो ।

चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको कारोबार मूल्य तोलाको १२ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा थियो ।

प्रतिक्रिया दिनुहोस्