घट्यो सुनको भाउ



काठमाडौं मंसिर २४ । सुनको मूल्यमा ७ सय रुपैयाँले घटेर बुधबार कारोबार मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ भएको छ । अघिल्लो दिनभन्दा एकैदिन १५ सय रुपैयाँ बढेर मंगलबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत सातादेखि सुनको मूल्यमा सामान्य उतारचढाव भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव हेर्दा मूल्य घटबढ अनुमान नै गर्न सकेको सुन चाँदी व्यवसायीले जनाएका छन् । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

बुधबार चाँदी १२ सय १५ रुपैयाँ प्रतितोला भएको छ ।

प्रतिक्रिया दिनुहोस्