सोमबार पनि घट्यो सुनको मूल्य



काठमाडौं मंसिर २९ । सोमबार सुन तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार ४ सय रूपैयाँ भएको छ । गत बिहीबार कायम मूल्य ९२ हजार ५ सय रूपैयाँ प्रतितोलामै आइतबार पनि कारोबार भएको थियो । सुनको मूल्य गत बिहीबारयता स्थिर थियो ।

चाँदीको मूल्य भने सोमबार पनि घटबढ भएको छैन । गत बिहीबार कायम तोलाको १२ सय रुपैयाँमै सोमबार पनि कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्