बुधबार सुनको मूल्यमा ८०० ले वृद्धि



काठमाडौं पुस १ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ ।

पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा बुधबार भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो ।

चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ । मङ्गलबार एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्