फेरि बढ्यो सुनको मूल्य



काठमाडौं पुस ३ । तीन दिनयता लगातार बढ्न थालेको सुनको मूल्य शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। सुनको मूल्य बिहीबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि तोलामा २५ रुपैयाँले महंगिएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्