अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेस संसदीय दल कार्यसमितिको माग



काठमाडौं पुस ३ । कांग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धको अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन माग गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । उनले भने, ‘संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक छ यसलाई तुरुन्तै फिर्ता लिनुपर्ने निर्णय बैठकले गरेको छ ।’

संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर कांग्रेसको गरेको छ । कांग्रेसले संसदको बैठक अबिलम्ब बोलाउन पनि माग गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्