प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटारमा



काठमाडौं पुस ४ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न शनिबार खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच खुमलटारमा भेटघाटको कार्यक्रम रहेको प्रचण्का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा गएका हुन् ।

शुक्रबारमात्रै प्रचण्ड–माधव नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्