माधव नेपाल भन्छन्, ‘संसद् विघटन असंवैधानिक छ’



काठमाडौं पुस ५ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भन्दै तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेता नेपालले संसद् विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको प्रतिक्रिया जनाएका छन् ।

‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको हो भने त्यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हुनेछ । यो कदमको देशव्यापी रुपमा सबैले निन्दा र भर्त्सना गर्नेछन् । र, प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस्तो काम भएको हो भने उहाँले कलंकको टिका लगाउनु भयो,’ नेता नेपालले भने ।

संसद् विघटनको सिफारिस नेकपाका निम्ति दुर्भाग्यको कुरा हुने भन्दै नेता नेपालले लोकतन्त्रको निम्ति पनि दुर्भाग्पूर्ण कदम भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्