संसद् विघटन संविधान र लोकतन्त्रविपरीत छ : कांग्रेस वरिष्ठ नेता पौडेल



काठमाडौं पुस ५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्रविपरीत रहेको बताएका छन् । उनले उक्त सिफारिस स्वीकार नगर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले कइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गरेका हुन् । पौडेलले भने, ‘यो संविधान र लोकतन्त्र विपरीत छ । राष्ट्रपतिले कुनै पनि हालतमा स्वीकार गर्न हुन्न ।’

नेता पौडेलले यसले देशलाई अस्थिरतातिर धकेल्ने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्