सुनको मूल्य उकालो लाग्यो



काठमाडौं पुस ६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८५० रुपैयाँले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्