मंगलबार घट्यो सुनको मूल्य



काठमाडौं पुस ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य मंगलबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९०० रुपैयाँ, तेजावी ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी प्रतीतोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्