उकालो लाग्यो सुनको मूल्य



काठमाडौं पुस ९ नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा बिहीबार झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्