शुक्रबार पनि घट्यो सुनको मूल्य



काठमाडौं पुस १० । शुक्रबार सुनको मूल्यमा १०० रूपैयाँको गिरावट छ । बिहीबारका तुलनामा सय रुपैयाँले घट्दै शुक्रबारको कारोबार मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य व्यवसायीको अपेक्षाअनुसार घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्