सोमबार सुनको भाउमा उच्च बढोत्तरी



काठमाडौं पुस १३ । पुसयता सामान्य उतारचढाव हुँदै आइरहेको सुनको भाउमा सोमबार भने उच्च बढोत्तरी देखिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ, तेजावी ९४ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आइतबारको तुलनामा सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ, ताजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्