सय रुपैयाँ घट्यो सुनको मूल्य



काठमाडौं पुस १६ । सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १००, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँ तोकिएको छ । चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार पुस ९ गते बिहीबार र पुस १४ गते मंगलबार पनि आजकै भाउमा सुनचाँदीको कारोबार भएको थियो ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ , तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्