शुक्रबार बढ्यो सुनको मूल्य



काठमाडौं । अघिल्लो दिनको भन्दा ४ सय रुपैयाँले बढेर शुक्रबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा भएको थियो । यसअनुसार सुनको मूल्य एक सातामा प्रतितोला ३ सय रुपैयाँले मात्रै बढेको छ ।

चाँदीको मूल्य भने स्थिर शुक्रबार छ । बिहीबार प्रतितोला १३ सय रुपैयाँले कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्