प्रदेश २ नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



धनुषा पुस १७ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल विरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ । मण्डल केपी शर्मा ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका हुन् ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड-नेपाल पक्षको दाबी छ । सांसद शत्रुघन महतोले दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता भइसकेको बताए । उनले आइतबार बैठक बसी मण्डललाई पदबाट हटाइने बताए ।

कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्