सुनको मूल्य आठ सय रूपैयाँले बढ्यो



काठमाडौं पुस २० । सुनको मूल्य आठ सय रूपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार ९५ हजार ३ सय रूपैयाँ भएको हो ।

अन्तर्राष्ट्रिय बजारमै भाउ बढेर भएको कारोबारको असर नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। गत बिहीबार प्रतितोला १३ सय भएको चाँदीको मूल्य आइतबारसम्म स्थिर थियो। २५ रूपैयाँ बढ्दै सोमबार प्रतितोला १३ सय २५ भएको छ ।

प्रतिक्रिया दिनुहोस्