सुनचाँदीको मूल्य फेरि उकालो लाग्यो



काठमाडौं पुस २१ । सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । सोमबारको तुलनामा ११ सय रूपैयाँ बढ्दै मंगलबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोभिड-१९ को खोप विकास, परीक्षण, प्रयोग र अमेरिकी राष्ट्रपतीय निर्वाचनताका ओरालो लागेको भाउ अहिले पुनः बढ्न थालेको हो ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनभन्दा १० रूपैयाँ बढेको चाँदी मंगलबार प्रतितोला १३ सय ३५ पुगेको छ

प्रतिक्रिया दिनुहोस्