संसद विघटन ओलीको प्रतिगमन भन्दै नेकपाले संविधानसहित ओलीलाई देशभरबाट विरोधपत्र बुझाउँदै



काठमाडौं पुस २४ । प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन भन्दै त्यसविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपा (प्रचण्ड–नेपाल) पक्षले शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् ओलीलाई विरोधपत्र बुझाउँदैछ ।

पूर्व घोषित कार्यक्रमअनुसार सबै जिल्लामार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको केन्द्रीय संघर्ष समितिले जनाएको छ । विरोधपत्रका साथमा प्रधानमन्त्रीलाई संविधानको पुस्तकसमेत दिने र राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरिनेछ ।

यसैबीच काठमाडौका प्रमुख जिल्लाअधिकारीलाई विरोधपत्र बुझाउनुअघि बबरमहलमा नेकपाका नेता कार्यकर्ता भेला भएर जुलुससहित काठमाडौँ जिल्ला प्रशासन कार्यलय जाने भएका छन् ।

नेकपा काठमाडौका नेता हिमाल शर्माका अनुसार १२ बजे बबरमहलमा जम्मा भएर र्यालीसहित जिल्ला प्रशासन कार्यालय जाने तयारी भइहरेको छ । गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्