सुनको मूल्य शुक्रबार पनि घट्यो



काठमाडौं पुस २४ । अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ भएको छ ।

बिहीबार १३ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबार स्थिर छ । गत साताको अन्तिम दिन प्रतितोला १३ सयमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९०८.९७ डलर र चाँदी प्रतिऔंस २७.०३ डलरमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्