राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै



काठमाडौं पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतबारको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्