जापानमा कोरोना रोकथामका लागि कडा नियम जारी, पालना नगर्नेलाई देश निकाला !



जापान माघ १ । कोरोना भाइरस संक्रमण बढेपछि जापान सरकारले बिहीबारबाट कडा नियम लागू गरेको छ ।

सबै जापानी र विदेशीहरुलाई जापान प्रवेशपछि अनिवार्य १४ दिन क्वारेन्टिन बस्नु पर्ने नयाँ नियम जारी गरेको हो । नियम पालना नगर्ने व्यक्तिलाई जापान बसाइको अनुमति खारेज गर्दै देश निकाला गर्ने चेतावनी दिइएको छ । कारबाहीको अख्तिायारी स्थानीय अधिकारीहरुलाई दिइएको जापानका सञ्‍चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै क्वारेन्टिन नियम पालना उल्लंघन गर्ने वा इन्कार गर्नेहरुको विवरण सार्वजनिक घोषणा गरिने भएको छ । आफ्नो बासस्थानबारे स्मार्टफोनमा जानकारी अपडेट गराउने एप्लीकेसन राख्नु पर्नेछ ।

यहाँको परराष्ट्र मन्त्रालयका अनुसार नयाँ भाइरस रोकथामका लागि सीमा प्रतिबन्धलाईजनवरी १४ तारिखदेखि थप कडाई गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्