नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, संसद् भंगविरुद्ध सशक्त आन्दोलनको खाका ल्याइने



काठमाडौं माघ २ । नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । बिहीबार बसेको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा भएका आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बैठकमा आन्दोलनका कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले आन्दोलनका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव राखेको वेदुराम भुसालले बताएका थिए । तर, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने निर्णय भइनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्