बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो



लन्डन माघ २ । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

बिहीबार रातिसम्म ८६ हजाए १५ पुगेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको हो । तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्