प्रतिनिधिसभा विघटनविरुद्ध नुवाकोटका ५ पालिकामा नेकपाको प्रदर्शन



नुवाकोट माघ ५ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नुवाकोटका ५ पालिकामा नेकपा (प्रचण्ड-नेपाल) पक्षले सोमबार जनप्रदर्शन गरेका छन् ।

जिल्लाको दुप्चेश्वर गाउँपालिको समुन्द्रटार, तादी गाउँपालिकाको खरानीटार, पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङ, ककनी गाउँपालिकाको रानीपौवा बजार, शिवपुरी गाउँपालिकाको शेरा बगरमा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतावादी कदमका विरुद्ध विरोध सभा गरिएको हो । पुस ५ गते ओलीले संसद् विघटन गरी संविधान र लोकतन्त्र माथि धावा बोलेको भन्दै नेकपाका देशव्यापी आन्दोलनमा छन् ।

जनप्रदर्शन कार्यक्रमहरुमा नेकपा सयौंका संख्यामा कार्यकर्ताहरु परिचालित भएका नेताहरुले बताएका छन् । ती सबै कार्यक्रमहरुलाई आगामी माघ ९ गते काठमाडौंमा हुने सशक्त विरोध प्रदर्शनमा जनपरिचालन गर्ने सम्बन्धमा तयारीको कार्यक्रमको रुपमा पनि लिइएको नेकपा नेताहरुले बताएका छन् ।

दुप्चेश्वरको समुन्द्रारमा प्रमुख अतिथि हितबहादुर तामाङ, विशेष अतिथि राजेन्द्रप्रकाश लोहनी, खरानीटारमा प्रमुख अतिथि हितबहादुर तामाङ, विशेष अतिथि केशव पुडासैनी, पञ्चकन्याको घले भञ्ज्याङमा प्रमुख अतिथि रामप्रसाद ढुङ्गाना, विशेष अतिथि तेजबहादुर तामाङ, शिवपुरीमा प्रमुख शिवबहादुर खाती र ककनीको रानीपौवामा प्रमुख अतिथि अच्युत पाण्डे र विशेष अतिथि सुवास तामाङ थिए ।

दुप्चेश्‍वरको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं विघटित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले केपी शर्मा ओलीको असंवैधानिक कदमको जति विरोध र भर्त्सना गरे पनि कमी हुने बताए ।

जनताले साँच्चै न्याय पाउने अवस्थामा सूर्य चिन्ह आफूहरुले पाउने भन्दै नपाएको खण्डमा प्राविधिक कुरामा अलमलिन नहुने उनले कार्यक्रर्तालाई सुझाए ।

प्रतिक्रिया दिनुहोस्