चार सयले उकालो लाग्यो सुन



काठमाडौं माघ १३ । नेपाली बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।

छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँचले घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्