बुधबार सुनको मूल्य घट्यो



काठमाडौं माघ १४ । बुधबारका लागि सुनको बजार मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला ७ सय रुपैयाँ मूल्य घटेर ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको हो । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्