नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्यो



काठमाडौं माघ १५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ बुधबारको तुलनामा बिहीबार प्रतितोला १ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २४५ रुपैयाँ तोकेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्