अनेरास्ववियूद्वारा संसद् विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं माघ १६ । नेकपा (प्रचण्ड-नेपाल) निकट अनेरास्ववियूले प्रतिनिधिसभा विघटन गर्ने केपी ओली सरकारको असंवैधानिक कदमका विरुद्धमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बागबजारस्थित संगठनको केन्द्रीय कार्यालयबाट शुक्रबार पत्रकार सम्मेलन गरेर डेढ हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

सहसंयोजक रञ्जित तामाङले तेस्रो चरणको संघर्षका कार्यक्रममा मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिने, क्याम्पस अगाडि कालो झन्डासहित चक्काजाम गर्ने, सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र युवा मार्च, केपी ओलीलाई विरोधपत्र बुझाउने लगायत रहेको जानकारी दिए । उनले प्रतिगमनका विरुद्ध भइरहेका सडक आन्दोलनहरुमा साथ सहयोग गरिदिन सम्पूर्ण अग्रगामी शक्तिहरुमा अनुरोध गरेका छन् ।

तेस्रो चरणका संघषका कार्यक्रमहरु :
१. २०७७ माघ १६ गते शहीद पार्कमा श्रद्धाञ्जली सभा ।
२. माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने ।
३. माघ २९ गते सुरक्षा प्रमूख, संवैधानिक निकाय र कर्मचारी प्रशासन लाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने ।
४. मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने ।
५. मन्त्रीहरुका गाडी चल्न नदिने ।
६. माघ २१ गते क्याम्पस अगाडि कालो झण्डा सहित ३० मिनेट चक्काजाम गर्ने ।
७. माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधनहरु निषेध गर्ने र यूवामार्च ।
८. माघ २५ गते केपि ओलीलाई विरोधपत्र बुझाउने ।
९. कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नु पर्ने ।
१०. लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचार गर्न दवावमुलक कार्यक्रम गरिने छ ।
११. कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने ।
१२. अहिले सम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फिर्ता गर्न दबाब दिने शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्दछौं ।
१३. यस वर्षको हकमा शैक्षिक सत्र समायोजन गरी पठनपाठनलाई थप ब्यवस्थित गर्न सम्बन्धित निकायलाई माग गर्दछौं ।
१४. उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, शिक्षामा २० प्रतिशत बजेट विनियोजित गर्न, मौलिक हकको कार्यान्वयन गर्दै आधारभूत शिक्षा र स्वास्थ्य ग्यारेण्टी गर्न, प्रमाणपत्र धितो राखी १० लाख ऋण दिने व्यवस्था मिलाउन दबाब दिईने र राजनीतिक भागबण्डाबाट नियुक्ति भएका विश्वविद्यालयका पदाधिकारीहरुलाई राजिनामा दिई खुल्ला प्रतिस्पर्धाका लागि मार्ग प्रशस्त गर्न अपिल गर्दछौं ।
१५. मेडिकल काउन्सिल,नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सबै काउन्सिलका परीक्षाहरु व्यवस्थित र पारदर्शी ढंगले प्रदेश स्तरबाट पनि सञ्चालन गरियोस् । यथाशक्य चाडो ईन्जिनियरिङ काउन्सिलको पनि प्रदेशिक संरचना तयार गरि सहज बनाईयोस ।
१६. कोभिडको कारणले प्रभावित भएको शैक्षिक अवस्थालाई ध्यानमा राखेर त्रिवि लगायत सबै विश्वविद्यालयका सबै तह र संकायका प्रवेश परीक्षाहरुलाई सरोकारवालाहरुसँग छलफल गरी उचित निर्णय लिईयोस् ।
१७. प्रतिगमन बिरुद्ध जनता आन्दोलित भएको अवस्थामा आज बजारमा चौतर्फी महंगी बढेको छ,यसले जनजीवन झन् कष्टकर बनेकोले महंगी नियन्त्रण गर्दै बढ्दो भ्रष्टाचार र अनियमितता प्रति आँखा चिम्लने प्रतिगामी ओली सरकारको घोर भर्त्सना गर्दै भ्रष्टाचार नरोकिए भभ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न अनेरास्ववियूका सम्पुर्ण कमिटीलाई निर्देशन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्