आइतबार सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ निर्धारण



काठमाडौं माघ १८ । साताको पहिलो दिन आइतबारका लागि सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार प्रतितोला ९२ हजार रुपैयाँमा स्थिर रहेको थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँ भएको छ । गत शुक्रवार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजार सुनचाँदीको मूल्यमा झिनो बृद्धि भएको छ । आज सुन प्रतिऔंस १८४४. १३ डलर र चाँदी प्रतिऔंस २७ डलरमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्