अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा, १८ दिनभित्र पारित गर्नुपर्ने चाप



काठमाडौँ, असार ९ — सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। असार ५ गते सङ्घीय संसद्का दुवै सदनबाट स्वीकृत अध्यादेशअनुसार सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसदमा दर्ता गरिएका हुन्।

संवैधानिक व्यवस्थाअनुसार यी विधेयक असार २६ गतेभित्र दुवै सदनबाट पारित भई प्रमाणीकरण हुनुपर्ने भएकाले अब १८ दिनभित्र सबै प्रक्रिया पूरा गर्नुपर्ने दबाब रहेको छ।

विधेयकमा सार्वजनिक खरिद प्रक्रियालाई छरितो बनाउने, सम्पत्ति शुद्धीकरण र भित्री कारोबारसम्बन्धी अनुसन्धान प्रभावकारी बनाउने, सहकारी नियमन कडा गर्ने तथा स्वास्थ्य प्रतिष्ठानहरूको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्