नुवाकोटमा बेपत्ता बालक भेटिए
नुवाकोट,असार ९ । नुवाकोटको लिखु गाउँपालिका–१ सानीटारका १३ वर्षीय बालक शिशिर ढकाल सकुशल फेला परेका छन्।
आइतबार साँझदेखि बेपत्ता रहेका शिशिर मंगलबार बिहान देविघाटस्थित होटल रिभर क्षेत्रमा फेला परेको उनका ठूलोबुबा रामेश्वर ढकालले जानकारी दिए।
ढिकुरे क्षेत्रबाट आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका शिशिर नर्थ स्टार स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्। बालक फेला परेसँगै परिवारजनले राहत महसुस गरेका छन्।

