प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित



काठमाडौं, असार १४ — प्रतिनिधि सभाले आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले आर्थिक विधेयक २०८३ माथिको छलफल टुंग्याउँदै बहुमतका आधारमा विधेयक पारित गरेको हो।

विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेका कर तथा राजस्वसम्बन्धी व्यवस्था कार्यान्वयनको कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्