आज तोलामा ९०० रुपैयाँ घट्यो सुनकाे मूल्य, चाँदी पनि सस्तियो
काठमाडाैं,असार २२। साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा ४०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा ९०० रूपैयाँ घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ८९ हजार ४०० रूपैयाँ ताेकिएकाे छ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ९० हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य ताेलामा २० रूपैयाँ घटेकाे छ। हिजाे प्रतिताेला ४ हजार ६०५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतिताेला ४ हजार ५ सय ८५ रूपैयाँ कायम भएकाे छ।

