विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६६ पैसा
काठमाडौं,असार २४– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा तथा बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा तोकिएको छ। त्यसैगरी बेलायती पाउण्डको खरिददर २०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६४ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ९० पैसा र बिक्रीदर १८८ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ ६८ पैसा र सिङ्गापुर डलर ११७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। त्यस्तै जापानी येन (१०) को खरिददर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ३२ पैसा, साउदी रियाल ४० रुपैयाँ ३९ पैसा र कतारी रियाल ४१ रुपैयाँ ६० पैसा तोकिएको छ।
यसैगरी थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

