बिद्यालय भवन उद्घाटन ,शिक्षा प्रतिस्पर्धी ,प्रबिधिमैत्री र रोजगारमुलक बनाउने-सांसद तामाङ



नुवाकोट।नुवाकोटको शिवपुरी गाउँ पालिका वडा नम्बर-३ काउलेमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयको ९ कोठे नयाँ पक्की भवनको हिजो बिहीबार उद्घाटन भएको छ। नुवाकोटका प्रतिनिधि साम्सद तथा संघीय साम्सद हितबहादुर तामाङ तथा प्रदेश नम्बर-३ का उपसभामुख राधिका तामाङले विधिवतरुपमा उक्त भवन उद्घाटन गर्नुभएको हो।

भवन उद्घाटन समारोहमा सहयोगी दाताहरुलाई कृतज्ञता प्रकट गर्दै संघीय साम्सद हितबहादुर तामाङले केन्द्रले देशको शैक्षिक परिस्थितिको सहि आकलन लिकालेर शिक्षामा सुधार ल्याउने साथै शिक्षालाई प्रतिस्पर्धी,प्रबिधिमैत्री ,रोजगारमुलक र उत्पादनमुखी बनाउन र हिमाली क्षेत्र र उच्चपहाडी क्षेत्रमा अावासीय बिद्यालय बनाउने र तराई तथा समथल क्षेत्रमा बिद्यालय यातायात सुबिधा कार्यक्रम मार्फत शिक्षालाई सबैको पहुँचमा पुर्याउने नीति नेपाल सरकारले लागू गर्ने तयारी गरिरहेको कुरा समेत साम्सद तामाङले बताउनुभयो।यस कार्यक्रम अन्तर्गत तत्काल शिक्षक दरबन्दी मिलाउन पहिलो कदम सरकारले अघि सारेको समेत स्पष्ट पार्नुभयो।
त्यस्तै नेकपा नुवाकोटका नेतृ तथा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले शिक्षामा सरकारी विद्यालयको महत्त्वपूर्ण योगदानको प्रसंशा गर्दै बजेट विनियोजनमा प्रदेश सरकारले समानता पद्धति अपनाए पनि स्थानीय स्तरमा बजेटले सहि सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा विद्यालयका
प्रधानाध्यापक शिवलाल राईले दातृ सस्थालाई हार्दिक आभार प्रकट गर्दै नवनिर्मित भवनले शिवपुरीको नमुना विद्यालय बनाउन थप सहयोग पुगेको बताउनुभयो।

जापानीज सस्था जाईकाको कुल ३ करोड ४० लाख ९४ हजार लागतमा नवनिर्मित भवनमा ९ वटा कोठा विद्यार्थी अध्ययन अध्यापन प्रयोजनका लागि प्रयोग गरिनेछ भने ४ कोठा शौचालयका रुपमा प्रयोग हुनेछ।
कार्यक्रममा विद्यालयका पुर्व शिक्षकलाई बिदाई तथा नयाँ शिक्षकलाई स्वागत गरिनुका साथै विद्यार्थीले विविध मनोरञ्जनात्मक कार्यक्रम, झाकी,मार्च पास लगायतका प्रस्तुति प्रदर्सन गरेको विद्यालयका शिक्षक मदुसुधन पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्