नुवाकोटमा जुध्ने भयो २१ हल गोरु



नुवाकोट । माघेसंक्रातिको दिन हरेक वर्ष झै तारुकामा हुने गोरु जुधाई मेलामा यस वर्ष भने २१ हल गोरु जुधाउने तयारी भएको छ ।

गत वर्षहरुमा झै यो वर्ष पनि गोरु जुधाई मेलालाई उल्लासपुर्ण बनाउन तयारीका कामहरु अन्तिम चरणमा पुगेको गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले बताउनुभयो। भण्डारीले मेलालाई सभ्य र भब्य रूपमा सफल बनाउन सबैले सहयोग गर्न समेत आग्रह गर्नु भयो।

मेला आयोजनार्थ तारकेश्वर गाउँपालिका, नेपाल पर्यटन बोर्ड लगायतबाट आर्थिक सहयोग जुटेको आयोजकले जनाएको छ ।

माघे माघेसंक्रातिमा नुवाकोटको तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातविसे, लिखुको कट्टीछाप,शिवपुरीको सेराबगर लगायतको स्थानमा पनि गोरु जुधाई मेलाको आयोजना हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्