प्युठानमा एक विद्यालयलाई निशुल्क पोशाक वितरण



बिमल प्रसाद पाेख्रेल,प्युठान। प्युठानमा झण्डै दुई सय बिद्यार्थीलाई निशुल्क रुपमा पोशाक बितरण गरिएको छ। जिल्लाकाे झिमरुक गाउपालिका वडा नंवर १ डाडाखर्कमा रहेकाे दिपेन्द्र प्राथमिक बिधालयमा अध्ययनरत करिब २ सय बिधार्थिलाई पाेषाक बितरण गरिएको हो ।

हिमाल गार्मेन्ट उद्योगका संचालक स्थानिय कृष्ण जिसिले अाफुले बाल्यकालमा अध्ययन गरेकाे बिधालयमा अद्यन गर्ने बिधार्थिलाई पाेषाक बितरण गर्नुभएको हो। बिधालयका प्र अ जगत जिसिले सामाजिक क्षेत्रमा निस्वार्थ सेवा गरेकाेमा बिधालयलाई दिएकाे याेगदानकाे कदर गरिने बताउनु भयाे।

कृष्ण जिसि बैदेशिक राेजगारिबाट नेपाल फर्केपछि हाल बुटवलमा गार्मेन उधाेग सन्चालन गर्दै अाउनु भएकाे छ।गार्मेन्टमा बिधालयका पोशाक बनाउनुकाे साथै टाई बेल्ट र सरकारि गैसरकारि संघ संथाका पाेषाक उत्पादन हुने जिसिले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्