अन्नपूर्णमा बेपत्ताको खोजी कार्य तीब्र



काठमाडौं ।अन्नपूर्ण क्षेत्रमा बेपत्ताको खोजी कार्य तीब्र पारिएको छ। अन्नपूर्ण बेस क्याम्प नजिक बेपत्ता परेका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कमा नआएकोले
खोजी कार्य तिब्र पारिएको हो।

कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएसनका उपाध्यक्ष ङवाङ् निमा शेर्पाका अनुसार
सम्पर्कमा नआएकाहरुमा कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् भने दुइजना नेपाली रहेका छन् ।
पोखराबाट उद्दारका लागि उद्दार टोलि त्यसतर्फ गएपनि अनुकुल मौसम नहुदा उद्दार हुन नसकेको बताइएको छ।
उनीहरुले १५ जनवरी देखि ट्रेकिङ सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्