नेपाल एयरलाइन्सका पाइलटद्वारा सामुहिक राजिनामा दिने चेतावनी



काठमाडौ।आफ्नो माग पूरा नभए सामुहिक राजीनामा दिने नेपाल एयरलाइन्सका पाइलटहरुले चेतावनी दिएका छन् चेतावनी पत्रमा नेपाल वायुसेवा निगम (नेपाल  एयरलाइन्स)का २० जना पाइलटले सामुहिक  हस्ताक्षर गरेका छन् ।


पाइलटहरुले बिहीबार साँझ सो पत्र बुझाएका हुन् । राजीनामाको चेतावनीसहितको पत्र बुझाउने पाइलटहरु सबै अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने पाइलट भएको बुझिएको छ ।

उनीहरुले सेवा–सुविधा कम भएको, स्वदेशी र विदेशी पाइलटमा विभेद भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले ३ महिनाभित्र आफ्ना माग पूरा गराउन चेतावनी दिँदै त्यसो नभए राजीनामा दिने उल्लेख गरेका छन् ।

यसअघि मदन खरेलले निगमको महाप्रबन्धकको पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्