नुवाकोट महोत्सव आज देखि सुरु,पुर्व राष्ट्रपति यादवद्वारा उद्घाटन



नुवाकोट ।नुवाकोट महोत्सव आजदेखि  सुरु भएको छ।उद्योग वाणिज्य संघ नुवाकोटको आयोजनामा भएको छैटौं नुवाकोट महोत्सवको उद्घाटन पुर्व राष्ट्रपति रामवरण यादवले गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. यादवले देशको भौगोलिक बनावट संरक्षणको खाचो रहेको बताउनुभयो।बिशेषत:तराई क्षेत्रमा  जल, जमिन , जंगलको विनास भएको भन्दै त्यसलाई नरोके ठुलै क्षति भोग्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले हाम्रो कला संस्कृति जगेर्नाको खातिर यस्ता महोत्सव निक्कै अब्बल साबित हुने  बताउनुभयो । अध्यक्ष कार्कीले महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । १० दिनसम्म संचालन हुने महोत्सवमा करिव ३ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य राखेको समेत अध्यक्ष कार्कीले बताउनुभयो ।

महोत्सवका विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुले विभिन्न प्रस्तुती दिनेछन ।

प्रतिक्रिया दिनुहोस्