बागमती प्रदेशका मुख्य मन्त्री पौडेल फागुन ८ मा नुवाकोट आउदै,के-के छ कार्यक्रम ?



सबी महर्जन,काठमाडौ,फागुन-६।बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल नुवाकोट आउने कार्यक्रम तय भएको छ।नुवाकोट जिल्लाको सुदुर पुर्वी गुर्जे-लिखु-महाकाली मानेभञ्ज्याङ-दुप्चेश्वर सडक खण्ड शिलान्यासका लागि मन्त्री पौडेल नुवाकोट आउने कार्यक्रम तय भएको शिवपुरी गाउँपालिका नेकपाका अध्यक्ष बिरबहादुर तामाङले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०७६/७७ को कुल ३२ करोड ४५ लाख रकम बराबरको सडक संजाल यस क्षेत्रमा निर्माण सुरु हुन लागेको हो।यस सडक संजाल निर्माणसगै  जिल्लाको छहरेटोखा सडकखण्ड गुर्जेदेखि – समुन्द्रादेवी-महाकाली-मानेभञ्ज्याङ हुदै दुप्चेश्वर सम्म छोटो दुरीको यात्रा तय गर्न सहज हुने अध्यक्ष तामाङले बताए।

शिवपुरी गाउँपालिका वडा नम्बर-६ मानेडाडामा फाल्गुन-८ गते हुने शिलान्यास समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलका साथै संघीय सांसद हितबहादुर तामाङ,प्रदेश सांसद बद्री मैनाली,प्रदेशका उपसभामुख राधिका तामाङ लगायत नेताकार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्